काठमाडौँ- तरवारले केक काटेको आरोपमा ७ जना पक्राउ परेका छन्। तरवारले केक काट्दा समाजिमा त्रास फैलिएको भन्दै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा काठमाडौँ-२६ बस्ने धादिङ गल्छीका २९ वर्षीय रोमन आले, तनहुँका ३६ वर्षीय मनोहर थापा मगर, गोरखाका २७ वर्षीय सुमन पराजुली छन्।
यस्तै काभ्रेका २६ वर्षीय रोशन तामाङ, तनहुँका ३९ वर्षीय गुणबहादुर गुरुङ, गोरखाका २९ वर्षीय पदबहादुर मगर र दोलखाका ३९ वर्षीय गोपाल मोक्तान छन्।
उनीहरूले विभिन्न मितिमा तरवार/खुकुरी जस्तो धारीलो हातहतियार प्रयोग गरी १०/१५ जनाको समूहमा बसेर केक काटेको भिडियो सामाजिक सञ्जालमा राखेका थिए। ती भिडियोले जनमानसमा डर/त्रास सृजना गरी आतंकित बनाएको आरोप छ।
माघ २३ गते उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
उनीहरूमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका छन्। जानकारी दिएको छ।


