२०८३ साउन १३ गते बुधबार

एक सय ४० जना युवालाई स्वरोजगार बनाउने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, माघ २६
shuklafata-nagarpalika

काठमाडौ : शुक्लाफाँटा नगरपालिकाले एक सय ४० जना युवालाई स्वरोजगार बनाउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको स्थानीय तहमार्फत सञ्चालित लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन कार्यक्रमअन्तर्गत युवालाई व्यावसायिक तथा सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने कार्य नगरपालिकाले अगाडि बढाएको छ ।

युवायुवतीलाई निःशुल्क रूपमा तालिम दिनका लागि आवेदन सङ्कलनको कार्य अगाडि बढाइएको कार्यक्रमका सहजकर्ता धनबहादुर चौधरीले बताए । “आवेदन सङ्कलनपश्चात् व्यवसाय सञ्चालन तथा लघु उद्यम सञ्चालन गर्न इच्छुकलाई पहिलो प्राथमिकतामा राखेर छनोट गर्छौ, उनले भने, “स्वदेशमै केही गरौँ भन्ने भावनाका साथ स्वरोजगार हुन चाहने युवाका लागि तालिम सञ्चालन भइरहेको छ ।”

उनका अनुसार १५ दिने दुनाटपरी तालिम, १५ दिने चटाई बुनाई, सात दिने ग्यास चुलो तथा प्रेसर कुकर मर्मत, दुई महिने मोटरसाइकल मर्मत, दुई महिने फर्निचरसम्बन्धी तालिम सञ्चालन भइरहेका छन् ।

यसैगरी महिलालाई लक्षित गरी सात दिने फुट मसाज र एक महिने अटो ड्राइभिङ तालिम पनि सञ्चालन गरिने छन् । प्रत्येक तालिममा २० जनाका दरले सहभागी गराइने छ । अठार वर्षमाथिका युवालाई तालिममा समावेश गरिने उनले जानकारी दिए ।

दैनिक छ घण्टाका दरले तालिम दिने व्यवस्था गरिएको छ । “व्यावसायिक तालिम नहँदा युवाले अदक्ष कामदारका रूपमा काम गर्दा थोरै मात्रै ज्याला पाउने गरेका छन्”, नगर प्रमुख रणबहादुर महराले भने, “तालिम लिएर दक्ष भएपछि युवाको ज्याला बढी पाउँछन्, आफ्नै व्यवसाय गरेर स्वरोजगार बन्छन् ।”

विशेष गरी युवाले स्वदेशमै कार्य गरी आयआर्जन गरून् भन्ने ध्येयले तालिम सञ्चालन गरिन लागेको जानकारी दिदै उनले तालिम लिएका युवालाई आवश्यक औजारको व्यवस्थासँगै व्यवसाय सञ्चालन गर्नका लागि पुँजीको व्यवस्था गर्न वित्तीय संस्थाहरूसँग समन्वय गराउने कार्य पनि गरिने बताए ।

तालिम लिएर लघु उद्यम गर्नेहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने उनले उल्लेख गरे । युवालाई विदेश जानबाट रोकेर स्थानीयस्तरमै रोजगारीका अवसर सृजना गर्ने कार्यमा तालिमले सहयोग गर्ने अपेक्षा गरिएको नगर प्रमुख महराको भनाइ रहेको छ।

प्रकाशित: २०८१ माघ २६ गते शनिवार ०९:२३
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना