काठमाडौँ- सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगलागी १५ मिनेटमा नियन्त्रणमा आएको छ।
आगलागीबाट चौथो तलाका तीनवटा कोठामा क्षति भएको छ।
सिंहदरबार प्रहरीका अनुसार मन्त्रालयको चौथो तलामा बिहान पौने ८ बजे आगलागी सुरु भएको थियो।
क्षतिको पूर्ण विवरण आइनसके पनि प्रहरीका अनुसार मन्त्रीको कार्यकक्ष पनि जलेको छ।
त्यहाँ रहेका कागजातसमेत जलेर ध्वस्त भएको प्रहरी स्रोतको भनाइ छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार क्षतिको विवरण खानेपानीमन्त्री प्रदीप यादवले संकलन गरिरहेका छन्।
चौथो तलामा खानेपानीमन्त्री यादवको कार्यकक्षसमेत थियो।
मन्त्रालयको भवनमा नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत छ।


