काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमको उद्देश्यविहीन र गन्तव्यविहीन भएको टिप्पणी गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा उनले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले यस्तो टिप्पणी गरेका हुन्।
उनले सरकारले जनतालाई ढाँट्न चाहेको पनि बताएका छन्। ‘सरकारलाई देशको अर्थतन्त्रको अवस्थाबारे थाहा छैन कि जनतालाई ढाँट्न चाहन्छ?,’ उनको प्रश्न थियो, ‘अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामा भूकम्प, कोभिड महामारी र रुस–युक्रेन युद्धलाई कारण देखाइएको छ।’


