काठमाडौँ- गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभा बैठकमा तीन वटा विधेयक पेस गरेका छन्।
आइतबारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री लेखकले ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१’, ‘नेपाल प्रहरी विधेयक, २०८१’ र ‘सशस्त्र प्रहरी बल नेपाल विधेयक, २०८१’ प्रतिनिधि सभाको बैठकमा पेस गरेका हुन्।
नागरिकता प्रदान गर्ने विषयमा अदालतबाट विभिन्न समयमा भएका आदेशलगायतका विषयलाई सम्बोधन गरी नागरिकता पेस गरिएको मन्त्री लेखकले बताए।
कानुनी प्रावधानहरूलाई समयसापेक्ष बनाउन प्रहरी विधयेक ल्याउनु परेको मन्त्री लेखकको भनाइ छ।


