बुटवल- रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले यस्तो आदेश गरेको हो। जोशीलाई पछि ठहरे बमोजिम हुने गरी तत्लका लागि थुनामा पठाउने आदेश भएको छ।
सुप्रिम सहकारी ठगीकै मुद्दामा पूर्वडीआईजी जोशीसहित रास्वपा सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कमा अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई लगायतलाई प्रतिवादी बनाइएको छ। लामिछानेलाई रूपन्देहीले १ करोड रुपैयाँ धरौटी लिएर तारिखमा छोडेको छ।


