काठमाडौँ– काठमाडौँको शंखरापुर नगरपालिका-५ मा भएको स्कुलबस दुर्घटनामा ३ विद्यार्थीको मृत्यु भएको छ।
एनएमसी अस्पताल, शंकरापुर अस्पताल र टिचिङ अस्पतालमा एक-एक जना गरी तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो। उनीहरुको सनाखत भइसकेको छैन।
जिल्ला प्रहरी प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार दुर्घटनामा परी ४० जना घाइते भएका छन्।
ब्रेक फेल भएर आफैं दुर्घटनामा परेको अनुमान गरिएको छ।
चाबहिलको मैजुबाहलस्थित सत्य साई एकेडेमीका विद्यार्थी बोकेर बा २ ख ७९५८ नम्बरको बस पिकनिकका लागि नगरकोट गएको थियो। फर्कने क्रममा करिब ५ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनाका ४० घाइतेमध्ये २४ जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ। शंखरापुर अस्पतालमा ३ जना, अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा १० जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ३ जनाको उपचार भइरहेको छ।
पिपुल्स लाइफ केयर अस्पतालमा उपचार हुनेहरु:
१)फिलिप लामा वर्ष १०
२)प्रजोल थापा वर्ष १०
३)भिम तामाङ वर्ष ११
४) राम पररियार वर्ष १६
५)सुजन मगर वर्ष १६
६) सिरिसा सिवेदि वर्ष १२
७)प्रकाश बम वर्ष १६
८)साधन बिष्ट वर्ष १२
९)आराध्या शाह वर्ष १०
१०) आशिस तामाङ वर्ष १५
११) स्नेहा राइ वर्ष २१
१२)गंगा ज्वति वर्ष ४२
१३)रन्जित थापा वर्ष १३
१४)सुहाना गुभाजु वर्ष १३
१५)श्रिसान्त पौडेल वर्ष १५
१६)कल्पना रेज्मि वर्ष ३२
१७)बिकल्प श्रेष्ठ वर्ष १०
१८)नाइस्का पाण्डे वर्ष २३
१९) सुविता तामाङ वर्ष १४
२०)निशान्त पौडेल वर्ष १४
२१)सौगात मगर वर्ष १४
२२) अबित खान वर्ष १०
(२ जनाको नाम आउन बाँकी)
शंखरापुर अस्पतालमा उपचार्थ
१)आदित्य सुनार वर्ष १२
२)धिरज साउद वर्ष १४,
३) सन्देश गिरि वर्ष १३
नेपाल मेडिकल कलेज र त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकाहरूको नामावली प्राप्त हुन बाँकी छ।


