२०८३ कार्तिक २६ गते बुधबार

रेडियो दिवसमा बहस : सञ्चार माध्यमले कस्ता समाचार बनाउने?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १
radio_day

पाटन (ललितपुर)- विश्व रेडियो दिवसका अवसरमा आयोजित कार्यक्रमका वक्ताले सञ्चारमाध्यमले प्रवाह गर्ने सूचना नागरिकको जीवन सहज बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव) द्वारा आज ललितपुरमा आयोजित रेडियो र जलवायु परिवर्तन कार्यक्रमअन्तर्गत भएको पहुँच र जवाफदेही मौसम तथा जलवायु सूचना सुनिश्चितता गर्न बहुसरोकार भएकाको संग्लग्नता विषयक समूहगत छलफलमा धारणा राख्ने । वक्ताले सञ्चारमाध्यम जनताका लागि जनताका अबर सम्प्रेषण गर्ने हुनुपर्नेमा जोड दिएका हुन्।

सङ्घीय संसद्को कृषि, सहकारी तथा प्रकृति स्रोत समितिका सभापति कुसुमदेवी थापाले जलवायुको उच्च जोखिममा परेको हिमाली क्षेत्रमा नेपाल अवस्थित रहेकाले प्रकृतिमा आधारित रहेर काम गर्ने ६२ प्रतिशत किसानलाई ध्यानमा राख्दै मौसम पूर्वानुमान सूचना प्रवाहमा प्रभावकारी काम गर्नुपर्ने धारणा राखे।

‘नेपालले जलवायु परिवर्तन कोषको उपयोग र व्यवस्थापन क्षेत्रमा महत्वका साथ काम गर्नुपर्छ। मौसम पूर्वानुमान सूचना प्रणालीको नीतिगत व्यवस्थापनमा जोड दिनुपर्छ, सूचना प्रणालीमा रेडियोको भूमिका महत्वपूर्ण हुने भएकाले तीन तहका सरकारसँग समन्वय गर्दै नागरिकलाई सही समयमा सही सूचना प्रवाह गर्नुपर्छ’, उनले भने।

उनले वनजङ्गलमा खेर गइरहेको पातपतिङ्गरलाई प्राङ्गारिक मल उत्पादन गर्न सकने भन्दै यसबाट वनमा लाग्ने आगलागीका घटना न्यूनीकरण हुने बताए।

अर्थ मन्त्रालयअन्तर्गत जलवायु वित्त विभागका प्रमुख ओमप्रकाश भट्टराईले जलवायु परिवर्तन र अर्थतन्त्रमध्ये कुनलाई प्राथमिकता दिने भन्ने विषय विश्वमा प्रमुख बहसको विषय बनेको बताए। उनले सन् २०४५ सम्म जिरो कार्बन उत्सर्जन गर्ने नेपालको लक्ष्य अनुसार दुई सय ७६ विलियन अमेरिकी डलर आवश्यक पर्ने उल्लेख गरे।

‘सरकारको आर्थिक नीतिमा पनि दबाब रहेको अवस्थामा जल तथा मौसम सूचना प्रणाली कम प्राथमिकतामा परेको छ, नियमित खर्चलाई व्यवस्थापन गर्दै जलवायु तथा मौसम विज्ञानको क्षेत्रलाई प्राथमिकतामा राखी काम गर्नुपर्छ’, उनले भने। उनले राज्यको मुख्य दायित्व नागरिकको सुरक्षा गर्ने भएकाले जलवायु परिवर्तनसम्बन्धी सूचना प्रणाली अनिवार्य आवश्यकता भएको बताए।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले सूचना प्रणालीमा भएको सुधार र प्रविधिको विकासले मौसम पूर्वानुमानमा सहज भएको उल्लेख गरे। ‘अहिलेको समयमा मौसम पूर्वानुमान सतप्रतिशत मिलेको छ, क्षति नहोस् भनेर पूर्वसूचना प्रणालीलाई सुधार गर्दै लगेका छौँ’, उनले भने, ‘मौसम पूर्वानुमान सूचना प्रणालीमा रेडियोको भूमिका महत्वपूर्ण छ, सरकारले सूचना प्रवाहमा आम नागरिकको पहुँच भएको रेडियोको उपयोगमा जोड दिनुपर्छ।’

जल तथा मौसम पूर्वानुमान विभागले गरेको मौसम पूर्वानुमानको आधारमा विद्युत् प्राधिकरणले आफ्नो योजना बनाएर विद्युत् आयात र निर्यात गर्ने अवस्थामा पुगेको महानिर्देशक जोशीले बताए। ‘मौसम पूर्वानुमानको आधारमा हरेक १५ दिनमा खोलामा उपलब्धता हुने पानीको अनुमानका आधारमा विद्युत् प्राधिकरणले काम गरेर विद्युत् व्यवस्थापनको काम गरिरहेको छ’, उनले भने।

सार्वजनिक सेवा प्रसारक सङ्घ नेपालका नायब महाप्रबन्धक आरती चटौतले किसानलाई खेतीपातीसँग जोडेर सञ्चारमाध्यमले जल तथा मौसम पूर्वानुमानका सूचना प्रसारण गर्नुपर्नेमा जोड दिए। ‘कसलाई सूचना दिने भनेर ध्यान दिनुपर्छ, सञ्चारको शैली र सूचना प्रवाह गर्न खोजेको समुदायलाई लक्षित गर्न सक्नुपर्छ’, उनले भने।

उनले अन्तरराष्ट्रियस्तर वा सरकारीस्तरबाट प्राप्त सूचनाको आधारमा रेडियो तथा अन्य सञ्चारमाध्यमले आधिकारिक र सत्य समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए। ‘सञ्चारमाध्यमले दिने सूचनाले नागरिकको जीवन र भूमिकालाई सकारात्मक प्रभाव पार्न, सूचित गर्न र लक्षित समूहलाई लाभान्वित गर्त सक्नुपर्छ। सूचना प्रसारणको विधि वा तरिकालाई परिवर्तन गरी जनतालाई विश्वास दिने खालका सूचना दिनुपर्छ’, उनले भने।

प्रकाशित: २०८१ फाल्गुण १ गते बिहिबार ०६:२२
प्रतिक्रिया

थप समाचार

उज्यालो चाँडको अँध्यारो विछोड: तिहारको रमझमबीच विदेशिनेको लर्को [फोटोफिचर]

बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ लाखौँका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ ! पञ्यायतकालिन जनताका दु:ख समेटेर लेखिएको जेबी टुहुरेको यो गीत आज पनि उत्तिकै सान्दर्भिक छ। देशमा...

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके: कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा...

नवलपुरमा २०४ उद्योग थपिए

नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन्। यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य...

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
foto
कर्पोरेट

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना