काठमाडौँ – नेपाल समाजवादी (नयाँ शक्ति)को अध्यक्षमा पुन: डा. बाबुराम भट्टराई दोहोरिएका छन्।
अध्यक्ष पदका लागि भट्टराईसँग नेत्र चापागाईं प्रतिष्पर्धामा थिए। उनलाई पराजित गर्दै भट्टराई पुन: अध्यक्षमा दोहोरिएका हुन्।
भट्टराईले ७६१ मत र चापागाईंले मात्र ७३ मत प्राप्त गरेका छन्।
यसैगरी उपाध्यक्षमा खस आर्यतर्फ इश्वर रिजाल, महिलातर्फ मानुषी यमी भट्टराई, दलिततर्फ दुर्गा सोब, आधिवासी जनजातीतर्फ टेकबहादुर बाँठा मगर र मधेशीतर्फ उमेश साह निर्वाचित भएका छन्।
यस्तै महासचिवमा सोनाम सिंह स्याङ्तान, सचिव खुल्लामा लक्ष्मण कार्की (सन्देश), भरत दाहाल, सचिव महिलातर्फ आशाकुमारी तामाङ निर्वाचित भएका छन्।
कोषाध्यक्षमा हरिप्रसाद रिजाल निर्वाचित भएका छन्।
