काठमाडौँ – काठमाडौंबाट ग्यास बोकेर त्रिशुली जाँदै गरेको गाडीभित्रै ग्यास लिक भएको छ।
शुक्रबार धादिङको धुनीवेशी नगरपालिका-९ बाहुनडाँडा पुगेको गाडीमा रहेको एमोनिया ग्यास लिक भएको हो।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेशराज सुवेदीका अनुसार नुवाकोटको चिस्यान केन्द्रका लागि उक्त एमोनिया ग्यास लगिँदै थियो।
बाटोमा ग्यास लिक भएपछि सुरक्षाका लागि दुबै तर्फको राजमार्ग बन्द गरिएको एसपी सुवेदीले बताए। कुनै क्षति नहोस् भनेर दमकलले ‘फोम’ प्रयोग गरेको छ। गाडीमा एमोनियाको १७ वटा सिलिन्डर रहेको चालकले प्रहरीलाई बताएका छन्।
