२०८३ कार्तिक १२ गते बुधबार

सुर्खेतमा मिटरब्याजका ४२ उजुरी, ठगीमा पर्ने अधिकांश महिला

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ ७
dao_surkhet (1)

सुर्खेत– सुर्खेतमा मिटरब्याज ठगी सम्बन्धीका ४२ उजुरी दर्ता भएका छन्। अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगले उजुरी माग गरेपछि मिटरब्याजका ती मुद्दा दर्ता भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जानकारी दिएको छ।

आयोगले अहिले देशैभरबाट मिटरब्याज लेनदेनका पीडितहरूलाई निवेदन दिन आह्वान गरेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले पनि निवेदन सङ्कलनका लागि सूचना निकालेको थियो। सुर्खेतमा वैशाख १७ देखि ३१ गतेसम्म पीडितहरूको निवेदन सङ्कलन गर्न सूचना निकालेको थियो। त्यसपश्चात् सात दिनको सूचना थप गरिएको हो। अब आगामी आइतबारसम्म पीडितको निवेदन सङ्कलन गरिने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ।

मिटरब्याजसम्बन्धी ठगीमा पर्ने अधिकांश महिला रहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका मिटरब्याज सहायताकक्षकी गोमा सुवेदीले जानकारी दिइन्। ‘अहिलेसम्म अधिकांश महिलाहरू नै ठगिएको देखिएको छ’, सुवेदीले भनिन्, ‘पुरुषहरू फाटफुटमात्र निवेदन ल्याएर आउनुभएको छ।’

यसरी ठगिनेहरू धेरैजसो ऋण लिने र जग्गा पास गर्दा ठगीमा परेको पीडितहरूले उल्लेख गरेको सुवेदीले बताइन्। ‘निवेदन दर्ता गराउन आउनुभएका धेरैजसो जग्गा दृष्टिबन्धक राखेको र ठगीमा परेको जनाउनुभएको छ’, सुवेदी भन्छिन्, ‘कतिपय भने पाँच लाख रकम ऋण लिएर १५ लाखसम्म बुझाउनु परेको अवस्था रहेको समस्या राख्नुभएको छ।’

कार्यालयले मिटरब्याज पीडितहरूलाई सहायताका लागि छुट्टै सहायताकक्षको समेत व्यवस्था गरेको प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले बताए। ‘सहजीकरणका लागि हामीले कक्ष नै व्यवस्था गरेका छौँ, त्यहाँ पीडितहरूलाई फाराम भर्नेलगायतका काममा सहयोगसमेत गरिन्छ’, प्रशासकीय अधिकृत न्यौपानले भने, ‘सहायताकक्षमा छुट्टै कर्मचारी राखेर पीडितका निवेदन लिने काम गरेका छौँ।’ कार्यालयमा भौतिकरूपमा उपस्थित भएर निवेदन दिन नभ्याउनेहरूका लागि अनलाइनमार्फत पनि निवेदन दिन सकिने व्यवस्थासमेत छ।

मिटरब्याजसम्बन्धी ठगीमा पर्ने अधिकांश महिला रहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका मिटरब्याज सहायताकक्षकी गोमा सुवेदीले जानकारी दिइन्। ‘अहिलेसम्म अधिकांश महिलाहरू नै ठगिएको देखिएको छ’, सुवेदीले भनिन्, ‘पुरुषहरू फाटफुटमात्र निवेदन ल्याएर आउनुभएको छ।’

आयोगले मिटरब्याज भन्नाले ब्याजलाई साँवामा गाभेर पुनः साँवा भएका लेनदेनका साथै कानून विपरीत चर्को ब्याजमा भएका कारोबारलाई समेत अनुचित लेनदेन भनेको छ। ऋणीले धरौटीमा रकम नलेखेर दिएको बैंकको खाली चेक, बढी रकम उल्लेख गरेको वा परिवर्तन गरेको तमसुक, जग्गा दृष्टिबन्धकमा राखिएको, लेनदेनको मुद्दा परेकोलगायतका विषय समेतको अवस्थामा विवरण पेस गर्न अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालयमा भौतिकरूपमै उपस्थित भएर होस् या आयोगसमक्ष सिधै अनलाइनमार्फत निवेदन गर्दा पीडितले आफ्नो र विपक्षी व्यक्तिको व्यक्तिगत विवरण समावेश गर्नुपर्ने हुन्छ। उक्त निवेदनमा समावेश हुने घटना विवरणमा कारोबार गर्नाको कारण, मिति, स्थान र रकमसमेत स्पष्ट खुलाउनुपर्छ। यसपछि विपक्षीबाट रकम कुन माध्यमबाट लिइएको हो, सो विषय निवेदनमा समावेश हुन्छ। रकम लिँदा तमसुक गरे/नगरेको, गरेको भए कारोबार रकम र तमसुकमा भएको रकमसमेत निवेदकले समावेश गर्नुपर्छ।

जग्गा रजिष्ट्रेसन पारित गरी हक छाडेको भए सोको विवरण, जग्गा भोगचलनको अवस्था, जग्गा दृष्टिबन्धक भएमा सर्त तथा जग्गाको भोग कोकसले गरिरहेको छ भन्ने विषयसमेत निवेदकको उजुरीमा समावेश गरिनुपर्छ। सम्झौता लिखतमा भएको ब्याजदर र बुझाउने ब्याजदर, साँवाब्याज बुझाउने अन्तिम भाका, लेनदेन कारोबारको मुद्दा दायर भएको भए मुद्दाको अवस्था लगायतका विषय निवेदन खुलाउनुपर्छ।

प्रकाशित: २०८० जेठ ७ गते आईतबार ०८:३७
प्रतिक्रिया

थप समाचार

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...

मेटलाइफ नेपालले सुरु गर्‍यो अनलाइन दाबी ट्र्याकिङ सेवा

काठमाडौँ: मेटलाइफ नेपालले बीमित ग्राहकलाई आफ्नो दाबी प्रक्रियाको अवस्था अनलाइनबाटै हेर्न मिल्ने सेवा सुरु गरेको छ। नयाँ प्रणालीमार्फत ग्राहकले ग्राहक सेवा केन्द्रमा फोन नगरी वा कम्पनीको...

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

काठमाडौँ: मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना