काठमाडौँ । राजधानीको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ
मृत्यु हुनेमा काभ्रे बेथानचोक घर भएर कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए। लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो ।
लामाको मृत्युसँगै यस घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
माघ २४ को विस्फोटमा परी यसअघि २२ वर्षीय प्रदीप तामाङ, हेटौंडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घलेको मृत्यु भएको थियो।


