भद्रपुर – जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत एक प्रहरी नायब निरीक्षक (इन्स्पेक्टर) आइतबार बिहान कार्यालय परिसरमा मृत अवस्थामा भेटिएका छन् ।
भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रहरी कार्यालयको तीनतले ब्यारेकको माथिल्लो तलामा रहेको पानीट्यांकी चढ्ने फलामको भर्याङमा प्रहरी नायब निरीक्षक ४९ वर्षका धनराज खतिवडा मृत फेला परेका हुन् ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा– ४ स्थायी घर भएका खतिवडा हाल मोरङको कानेपोखरी गाउँपालिका–७ मा बस्दै आएका थिए । नाइलनको डोरीले झुण्डिएको अवस्थामा उनी फेला परेका हुन् ।
मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइसकेको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।


