२०८३ कार्तिक २६ गते बुधबार

यी ८ प्रश्न जसलाई प्रधानमन्त्री ओलीले सदनमा वेवास्ता गरे

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण ४
KP_OLI

काठमाडौं :  प्रतिनिधी सभामा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम थियो। यो क्रममा प्रम ओलीले लामै बोले पनि  प्रतिनिधिसभा सदस्य प्रभु साहले सोधेको प्रश्नहरु भने लत्ताए। साहका प्रश्नप्रति आपत्ति जनाउँदै ओलीले उनका प्रश्नहरुप्रति वेवास्ता जनाए।

प्रतिनिधीसभामा साहले सोधेका ८ प्रश्न यस्ता थिएः

१.नेपाली नागरिकता त्यागेर विदेशी हुनेहरूको संख्या कति छ रु उनीहरूको पैत्रिक सम्पत्ति के कति थियो र अहिले कुन अवस्थामा छ रु ती अबैध सम्पत्तिलाई राज्यको जिम्मामा ल्याउन तपाईले के के गर्नुभयो ? खुलेआम अवैध बाटोबाट ती अवैध सम्पत्ति विदेश लैजादा रोक्न नसक्ने तपाईलाई हामीले सक्षम भन्ने कि असक्षम प्रधानमन्त्रीज्यू ती अवैध सम्पतिलाई किन रोक्न राक्नुभएन ?

२.झण्डै ७० लाख भन्दा बढि नेपाली युवा अहिले वैदेशिक रोजगारमा छन् । उनीहरूको श्रम समझौतानुसार प्रत्येक वर्ष झण्डै ४० वर्ष भन्दा बढि रेमिट्‌यान्स आउनुपर्ने हो ? तर अहिलेसम्मको रिपोर्ट बुझ्दा यो वर्ष जम्मा १३–१४ खर्ब आउने संभावना छ । मेरो प्रश्न छ–हाम्रा नेपाली युवाले विदेशमा खुन पसिना बगाएर कमाएको पैसा नेपालमा किन ल्याउनुभएन ? के नेपाली युवा भ्रष्टाचारीको कालाधन साँट्नलाई विदेशमा मरिरहेका छन ? होइन भने संख्याको अनुपातमा रेमिट्यान्स किन आएन ?
३.वैदेशिक रोजगारमा जाने नेपाली मजदुरले विदेशमा आफ्नो ट्रेड युनियनको हक पाएका छैनन्  किन ट्रेड यूनियनको हक नपाउनेगरी श्रम सम्झौता गर्नुभयो ? अहिलेको २१औं शताब्दीमा नेपाली मजदूरलाई दासता र नारकीय जीवनमा धकेल्दा तपाईले के कति लाभ पाउनुभएको हो ?

४.नेपालमा जीडीपी र राजस्वको अनुपात हेर्दा सरकारले जीडीपीको झण्डै एक तिहाई राजस्व उठाउने गरेको छ । ५७ खर्ब जीडीपी रहेको हाम्रो देशमा केन्द्र सरकारले झण्डै १४ खर्ब भन्दा बढि राजस्व उठाउने, प्रदेश सरकारले झण्डै २ खर्ब र स्थानीय सरकारले पनि झण्डै ३ खर्ब राजस्व उठाउने लक्ष्य राखेको छ, जो जीडीपीको ३० प्रतिशत हुन आउँछ । यसलाई कर आतंक नभने के भन्ने त प्रधानमन्त्रीज्यू ? यो कर प्रणालीले के हाम्रो अर्थतन्त्र उँभो लाग्छ ?

५.तपाईले सार्वजनिक रूपमा भारत भ्रमणमा जाँदैछु भन्नुभएको थियो, त्यो जादैछु भनेको कहिले हो ? निम्तो नै नआइकन किन जान्छु भन्नुभयो ? यसले देशको प्रतिष्ठामा आँच आएको अनुभूति हुँदैन ? प्रष्ट पारिदिन अनुरोध गर्दछु ।

६.यो सरकार दुई तिहाई बहुमतको हो, बलियो छ भन्नुहुन्थ्यो, तर आफैले ल्याएको अध्यादेश पारित गर्ने सामान्य बहमत नहुँदा अहिले विचल्लीमा परेको जस्तो अनुभूति हुदैन ? सत्ता–सहयात्रामा रहेका दलले नै अध्यादेश अस्विकार गर्ने निर्णय गरेपछि तपाई कुन नैतिकताले पदमा बस्न मिल्छ ?

७.संघीय राजधानी जोड्ने सबै राजमार्ग अस्तव्यस्त छन् । तपाई किन एकपटक ऑफै ती राजमार्ग हुँदै यात्रा गर्नुहुन्न ? अहिले ती सडक(यात्राको क्रममा जनताको आन्द्रा–भुँडी खस्ने डर छ, दुर्घटनाबाट हुने क्षतिको जिम्मा कसले लिन्छ ?

८.आवासविहीनलाई घर बनाउन ‘सुरक्षित आवास’ भनेर जम्मा ७५ हजार दिनुहुन्छ, आजको युगमा ७५ हजारमा के घर बन्छ ? बन्दैन भन्ने थाहा हुँदाहुँदै तपाईंले किन आवासविहीन गरिव दलितसँग मजाक गर्नुभयो ?

प्रकाशित: २०८१ फाल्गुण ४ गते आईतबार ०५:४२
प्रतिक्रिया

थप समाचार

उज्यालो चाँडको अँध्यारो विछोड: तिहारको रमझमबीच विदेशिनेको लर्को [फोटोफिचर]

बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ लाखौँका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ ! पञ्यायतकालिन जनताका दु:ख समेटेर लेखिएको जेबी टुहुरेको यो गीत आज पनि उत्तिकै सान्दर्भिक छ। देशमा...

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके: कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा...

नवलपुरमा २०४ उद्योग थपिए

नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन्। यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य...

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
foto
कर्पोरेट

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना