काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले युगान्डा क्रिकेट संघको आयोजनामा सञ्चालन हुने मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोली घोषणा गरेको छ। पहिलो चरणको बन्द प्रशिक्षण शिविरका लागि १८ सदस्यीय महिला टोलीको घोषणा गरिएको क्यानले जानकारी दिएको हो।
मैत्रीपूर्ण खेल आगामी मार्च ६ देखि १७ तारिखसम्म युगान्डामा आयोजना हुनेछ। पहिलो चरणको बन्द प्रशिक्षण शिविरका लागि घोषित नेपाली टोलीमा इन्दू बर्मा (कप्तान), रुविना क्षेत्री बेल्वासे र सम्झना कुमारी खड्का रहेका छन्।
यसैगरी, टोलीमा रचना कुमारी चौधरी, ममता कुमारी चौधरी, पूजा महतो, राजमती ऐरी, कविता जोशी, विन्दु रावल, अलिसा कुमारी यादव, रोमा थापा, मनिषा कुमारी उपाध्याय, सवनम राई, इश्वरी बिष्ट, शोभा रोकाय, साना प्रविन, रिया शर्मा र सीमाना केसीले पनि स्थान पाएका छन्।



