काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ।
कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवा भारत जाने कार्यक्रम स्थगित भएको जानकारी दिए।
इन्डिया फाउन्डेसनको आयोजनामा हुन लागेको ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रूपमा बोलाइएका देउवाले भ्रमण रद्द गरेका हुन्।
कार्यक्रमका लागि देउवा बुधबार भारत जाने तयारीमा थिए। शुक्रबार र शनिबार प्रयागराजमा उक्त समिट हुँदैछ।
