काठमाडौं : अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा लेबनानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ। बिहीबार दरशथ रंगशालामा भएको खेलमा नेपालले लेबनानलाई १-० गोलले पराजित गरेको हो।
नेपालले यसअघि कीर्गिस्तानलाई १-० गोलले हराएको थियो। त्यस्तै म्यानमार पनि फाइनलमा प्रवेश गरेको छ। कीर्गिस्तानलाई ५-० गोलले हराउँदै म्यानमारले फाइनल सुनिश्चित गरेको हो। दुवै टिम एक खेल अगावै फाइनलमा प्रवेश गरेका हुन्।


