काठमाडौँ – गृहमन्त्री रमेश लेखकले लाेकतन्त्रकाे विकल्प लोकतन्त्र मात्र हुने बताएका छन्।
शनिबार काठमाडौंमा सुदूरपश्चिम कानुन समाजकाे प्रथम अधिवेशनमा गृहमन्त्री लेखकले भने, ‘अहिलेकाे संविधानले लाेकतन्त्रलाई सुनिश्चित गरेकाे छ । यसकाे विकल्प खाेज्ने भनेकाे मुलुकलाई संकटमा धकेल्ने काम हाे । त्यसैले सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणकाे डटेर सामना गर्नुपर्छ ,’ उनले भने ।
लाेकतन्त्रकाे रक्षा, संविधानकाे सुरक्षा र समावेशिताकाे सुदृढीकरण आजको आवश्यकता भएको गृहमन्त्री लेखकको भनाइ थियो।
१० वर्षमा संविधानकाे अभ्यास गर्दा देखिएका सबल र दुर्बल पक्षकाे विश्लेषण गरी संविधान संशोधनकाे तयारी भइरहेको उनले बताए। संविधान संशोधन गर्दा संसदीय सर्वोच्चताकाे कुरा गर्नुपर्ने गृहमन्त्री लेखकले आवश्यकता औँल्याए।


