काठमाडौँ- चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नं. पुलमा मोटरसाइकल दुर्घटना भई त्रिशुली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव फेला परेको छ। सशस्त्र प्रहरीको गोताखोरले आइतबार शव फेला पारेको हो।
नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको बा ०६-०२ प ९२०४ नम्बरको मोटरसाइकल फागुन २ गते बिहान करिब ११ः४० बजे दुर्घटना भएको थियो।
सशस्त्र प्रहरी निरीक्षक भुल बहादुर थापाको कमान्डमा परिचालित गोताखोरसहितको सुरक्षा फौजले शव नदीबाट बाहिर निकालेको हो।
उनी भारतीय सेनामा कार्यरत रहेको र चितवनस्थित घरबाट काठमाडौं जान हिँडेको परिवारका सदस्यहरुले बताएका थिए।


