२०८३ कार्तिक २६ गते बुधबार

पशुपतिमा महाशिवरात्रिको तयारी पूरा, काममा खटिए १० समिति

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १२
ganja

काठमाडौँ- पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै विकास कोषले तयारी सम्पन्न भएको जानकारी गराएको हो।

यस वर्षको महाशिवरात्रि पर्वलाई व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषद्का अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा ‘महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति–२०८१’ गठन भई सो मूलसमिति अन्तर्गत १० वटा विभिन्न विषयगत उप–समितिहरुको गठन गरी कार्य प्रारम्भ भइसकेको छ।

२०८१ साल फाल्गुण १४ गते बुधबारको दिन परेको महाशिवरात्रि पर्वमा लाखौंको सँख्यामा आउने दर्शनार्थी, साधुसन्त एवं भक्तजनहरुको प्रवाहलाई मध्यनजर राखी नेपाल सरकारबाट निर्धारित सुरक्षा तथा स्वास्थ्यका मापदण्डहरुलाई पालना गर्दै समग्र रुपमा दर्शनको व्यवस्थालाई थप प्रभावकारी बनाउन पशुपति क्षेत्र विकास कोषले उप–समितिहरुको गठन गरेको पनि जानकारी गराएको हो।

यसको साथै, पाशुपत क्षेत्रमा मासु, मदिरा, गाँजा, भाङ, चरेस आदिको भण्डारण–विक्री वितरण तथा ओसार पसार नगर्न/नगराउन सचेत गरिएको छ।

स्थानीय बासिन्दाहरुका लागि स्थानीय वडा कार्यालयहरुमार्फत जारी गरिएको परिचय पत्र (पास)तथा यस कार्यालयबाट जारी परिचय पासलाई आफ्नो घर/आवास आवत जावतका लागि मात्र प्रयोग गर्ने व्यवस्था मिलाइएको छ।

उपसमितिहरु निम्नानुसार रहेका छन्ः
१) सुरक्षा व्यवस्था उप–समिति, सदस्य–सचिव, डा. मिलन कुमार थापा –संयोजक

२) अनुगमन तथा तथ्याङ्क सङ्कलन व्यवस्था उप–समिति, कोषाध्यक्ष, नारायण प्रसाद सुवेदी–संयोजक

३) स्वयंसेवा परिचालन व्यवस्था उप–समिति, परिषद् सदस्य, श्री हरिनाथ ढकाल- संयोजक

४) स्वास्थ्य सेवा व्यवस्था उप–समिति, परिषद् सदस्य, श्री शिक्षित पराजुली –संयोजक

५) साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्था उप–समिति, परिषद् सदस्य, डा. भरत प्रसाद बडाल–संयोजक

६) प्रचार–प्रसार तथा साजसजावट व्यवस्था उप–समिति, परिषद् सदस्य, राजु कुमार खत्री –संयोजक

७) आवास/भोजन तथा भौतिक पूर्वाधार व्यवस्था उप–समिति, परिषद् सदस्य, बाबुशरण सुवेदी–संयोजक

८) मन्दिर दर्शन, चन्दन वितरण एवं रात्रिकालिन व्यवस्था उप–समिति, परिषद् सदस्य रामेश्वर संगत,–संयोजक

९) वातावरण,सरसफाई तथा जुत्ता चप्पल व्यवस्था उप–समिति, परिषद् सदस्य, रेणुका पराजुली–संयोजक

१०) महाशिवरात्रि पर्व, २०८१ को सचिवालय, कार्यकारी निर्देशक सुभाष चन्द्र जोशी –संयोजक

उपर्युक्त उप–समितिहरु मार्फत देहाय अनुसारका व्यवस्थाहरु मिलाइएका छन्।

१) सुरक्षा व्यवस्था–नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग र कोषको सुरक्षा संयन्त्र समेतबाट सुरक्षा जनशक्ति परिचालन गरी महाशिवरात्रि पर्वलाई व्यवस्थित गरिनेछ। भकुण्डोलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको कमाण्ड पोष्ट रहनेछ। यस कमाण्ड पोष्टसँगै खोजखबर कक्षको पनि व्यवस्थापन गरिनेछ। निर्धारित दर्शनमार्गहरुलाई लक्षित गरी सिसि क्यामेरा जडान गरिएका छन्। गोरखनाथ, कैलाश, वनकाली लगायत अन्य आवश्यक स्थलहरुमा सव–कमाण्ड पोष्टहरु खडा गरी संयुक्त सुरक्षा व्यवस्था मिलाईनेछ। ट्राफिक प्रहरी महाशाखाको सहयोगमा निश्चित स्थानमा सम्पदा मैत्री पार्किङ्ग स्थलहरुको व्यवस्था गरिएको छ।

२) अनुगमन तथा तथ्याँक सङ्कलन – महाशिवरात्रि पर्वको पावन अवसरमा स्वदेश तथा विदेशबाट पाल्नु भएका साधुसन्त, महन्थ, तीर्थयात्री, दर्शनार्थी एवं भक्तजनहरु सम्वन्धी विविध गतिविधि तथा क्रियाकलापहरुको अनुगमन गरी आवश्यक तथ्याँकहरु सङ्कलन गर्न दक्ष जनशक्ति खटाईनेछ।

३) स्वयंसेवा परिचालन–नेपाल स्काउट, लायन्स क्लब, विश्वहिन्दु युवा परिषद् आदि स्वयंसेवी संस्थाहरु मार्फत पर्याप्त सँख्यामा स्वयंसेवकहरु परिचालित हुनेछन्। स्वयंसेवकहरुले दर्शन लाईनको सहजीकरणका लागि मूल मन्दिरको वाहिरी भागमा बसेर स्वयंसेवा दिनेछन्।

४) स्वास्थ्य सेवा व्यवस्था– मेला अवधिभर काठमाडौं उपत्यकाका अस्पतालहरुमा केही शैयाहरु आरक्षित गरिनेछ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल साथै अन्य स्वयंसेवी संस्थाहरुसँग समन्वय गरी दक्ष स्वास्थ्यकर्मी, निःशुल्क औषधि, एम्वुलेन्स तथा आवश्यक स्वास्थ्य उपकरणहरुको व्यवस्था मिलाइएको छ।

५) साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्था – स्वयं शिवस्वरुप साधुसन्त तथा धार्मिक व्यक्तित्वहरुको आवास/भोजन, प्रभातफेरी तथा उहाँहरुबाट संचालन हुने धार्मिक कृत्य, पूजाआजा, भजन किर्तन, धुनी कार्यक्रम आदिका लागि समवन्धित उप–समिति मार्फत गुठी संस्थान लगायतका आधिकारीक संस्थाहरुको संयोजनमा आवश्यक व्यवस्था मिलाइएको छ। ६) प्रचार–प्रसार साजसजावट व्यवस्था– महाशिवरात्रि पर्वको शुभ अवसरमा सम्वन्धित सवै सूचनाहरु तथा साजसजावट व्यवस्था बारे सहज जानकारी संप्रेषणका लागि सम्पूर्ण छापा, रेडियो, टेलिभिजन, नेपाल टेलिकम, अनलाईन खबरहरु आदिबाट समन्वयात्मक सहयोग लिइनेछ।

७) आवास/भोजन तथा भौतिक पूर्वाधार व्यवस्था–हंशमण्डप, वनकाली, तिलगंगा तथा वि११ उत्तरी भागमा विविध संघ / संस्थाहरु मार्फत निःशुल्क आवास, सात्विक भोजन, चिया पानी वितरण गर्ने व्यवस्था मिलाइएको छ। यी क्षेत्रमा अस्थायी शौचालयहरुको पनि व्यवस्थापन गरिएको छ। भोजन वितरण गर्ने संस्थाहरुले कागज, पात आदिबाट बनेको कप, प्लेट मात्रै प्रयोगमा ल्याउनु पर्नेछ। काँच र प्लाष्टिकको प्रयोगलाई पूर्ण निषेध गरिएको छ।

८) मन्दिर दर्शन, चन्दन वितरण एवं रात्रिकालिन व्यवस्था–देवाधिदेव महादेव आशुतोष भगवान श्रीपशुपतिनाथको नित्य / नैमित्तिक परम्परा नरोकिने गरी सम्पूर्ण दर्शनार्थीहरुका लागि चारैवटा प्रवेशद्वारबाट प्रवेश, दर्शन–पूजन, चन्दन ग्रहण, बहिर्गमन एवं रात्रिकालिन अर्चनाको व्यवस्था मिलाइएको छ।

९) वातावरण, सरसफाई तथा जुत्ता चप्पल व्यवस्था–२०८१/११/१२ गते विहान ७ः३० बजेदेखि ऐ. १६ गतेसम्म पाशुपत क्षेत्रः विशेष सरसफाई अभियान सञ्चालन गरिएको छ। दर्शनार्थीहरुलाई तोकिएको स्थानमा जुत्ता चप्पल फुकाली प्लाष्टिक रहित भई दर्शन–पूजन गर्न निःशुल्क व्यवस्था गरिएका शौचालयहरुको प्रयोग गर्ने व्यवस्था मिलाइएको छ।

१०) महाशिवरात्रि पर्व, २०८१ को सचिवालय–माथि उल्लेखित ९ वटै उपसमितिहरु तथा मूल समारोह समितिसँग सम्बन्धित कुनैपनि जानकारी आवश्यक परेमा कोषका कार्यकारी निर्देशकज्यूको संयोजकत्वको सचिवालयमा सम्पर्क गर्न सकिनेछ।

प्रकाशित: २०८१ फाल्गुण १२ गते सोमबार ०२:०७
प्रतिक्रिया

थप समाचार

उज्यालो चाँडको अँध्यारो विछोड: तिहारको रमझमबीच विदेशिनेको लर्को [फोटोफिचर]

बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ लाखौँका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ ! पञ्यायतकालिन जनताका दु:ख समेटेर लेखिएको जेबी टुहुरेको यो गीत आज पनि उत्तिकै सान्दर्भिक छ। देशमा...

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके: कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा...

नवलपुरमा २०४ उद्योग थपिए

नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन्। यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य...

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
foto
कर्पोरेट

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना