२०८३ साउन १४ गते बिहिबार

‘डिजिटल गभर्नेन्स राजनीतिक एजेन्डा हो, प्रतिबद्धता चाहिन्छ’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १२
ed4752cb59c194949420d092a40c91971740362068

काठमाडौँ- नेपालमा आर्थिक विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहका लागि डिजिटल गभर्नेन्स अनिवार्य रहेको सरोकारवालाहरूले बताएका छन्।

 आइतबार काठमाडौँमा मार्चिङ एन्ट्सको आयोजना तथा द एसिया फाउन्डेसनको सहकार्यमा  ‘टेकगभ नेपाल २०२५’ कार्यक्रममा सहभागी विज्ञ तथा नीति निर्माताहरूले डिजिटल प्रविधिको प्रयोगबाट प्रशासनिक सुधार, पारदर्शिता वृद्धि र नागरिक सेवाको प्रभावकारिता बढाउन सकिने बताए।

सूचनाप्रविधि विज्ञ मनोहर भट्टराईका अनुसार डिजिटल गभर्नेन्सले रोजगारी सिर्जना गर्ने, कृषि तथा पर्यटन प्रवर्द्धन गर्ने र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पहुँच विस्तार गर्न मद्दत गर्छ।

‘डिजिटल गभर्नेन्स प्रविधिमैत्री शासन मात्र होइन, यसले आर्थिक वृद्धिमा पनि टेवा दिनुपर्छ,’ उनले भने।

ई–गभर्नेन्स बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपेश बिस्टले डिजिटल गभर्नेन्सलाई राजनीतिक विषयका रूपमा लिनुपर्ने बताए।

‘जब डाटा स्वतः प्रवाह हुन्छ, सेवाग्राहीले पटक–पटक सरकारी कार्यालय धाउनुपर्दैन, प्रशासनिक प्रक्रिया पारदर्शी र प्रभावकारी बन्छ,’ उनले भने। नेपालमा डिजिटल गभर्नेन्स कार्यान्वयन गर्न डाटा एक्सचेन्ज प्लेटफर्म आवश्यक रहेको उनको भनाइ छ।

सूचना प्रविधि कानुनका विज्ञ प्रवीन सुवेदीले वैदेशिक रोजगारीमा जाने नेपालीहरूका लागि डिजिटल गभर्नेन्स आवश्यक रहेको बताए। ‘विद्युतीय शासनमार्फत विदेशमा रहेका नेपालीहरूले विभिन्न सरकारी सेवा सहजै लिन सक्छन्, त्यसैले यसबारे उनीहरूलाई जानकारी गराउनुपर्छ,’ उनले भने।

डिजिटल गभर्नेन्सको प्रभावकारिता बढाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताइएको छ। नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले नागरिकलाई जानकारी गराउने जिम्मेवारी सञ्चारमाध्यमको भएकाले पत्रकारहरू स्वयं यस विषयमा जानकार हुनुपर्ने बताइन्।

नेपालमा डिजिटल गभर्नेन्सको प्रभावकारी कार्यान्वयन गर्न सरकार, व्यवसाय र नागरिकबीच सहकार्य आवश्यक रहेको सरोकारवालाहरूको धारणा छ। नीति निर्माणदेखि कार्यान्वयनसम्म डिजिटल गभर्नेन्सलाई प्राथमिकता दिन नसक्दा नेपालले प्रविधि क्षेत्रमा आवश्यक सुधार गर्न नसकेको उनीहरूको भनाइ छ।

प्रकाशित: २०८१ फाल्गुण १२ गते सोमबार ०२:४७
प्रतिक्रिया

थप समाचार

गृहमन्त्री विराटनगर पुगे, देवानगञ्ज पुगेर घाइतेको स्वास्थ्यअवस्था बुझ्ने

काठमाडौँ: गृहमन्त्री सुदन गुरुङ विराटनगर पुगेका छन्। विराटनगर पुगेका गृहमन्त्री गुरुङले सिधै सुनसरी देवानगञ्ज घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने भएका छन्। गृहमन्त्री...

करदाता प्रोत्साहन उपहार कार्यक्रम कार्यान्वयन गर्न भुक्तानी सेवा प्रदायकलाई राष्ट्र बैंकको निर्देशन

काठमाडौँः नेपाल राष्ट्र बैंकले करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न भुक्तानी सेवा प्रदायक (पिएसपी)तथा भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) हरूलाई आवश्यक सहजीकरण...

सामाजिक सद्भाव र शान्ति नै मुलुकको समृद्धि र आर्थिक समृद्धिको पूर्वशर्त हो: निजी क्षेत्र

नेपाल उद्योग वाणिज्य महासंघले पछिल्लो समय सुनसरीको कप्तानगञ्ज लगायत तराईका विभिन्न जिल्लाहरूमा देखिएको अशान्त वातावरण र तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। महासंघले एक प्रेस विज्ञप्ति...

सप्तरीमा सर्वदलीय बैठक: सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधाम: सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम राख्न आह्वान गरेको छ। बैठकले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, धार्मिक आस्था, संस्कृति...

अशान्त मधेश: सुनसरी र सिरहापछि वीरगञ्जमा पनि कर्फ्यु, के छ पछिल्लो अवस्था?

जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका तोकिएका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ। बिहीबार प्रमुख जिल्ला अधिकारीद्वारा जारी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...
Roop_Jyoti
बैंकिङ

ऋण नतिरेपछि व्यवसायी रुप ज्योतिको सम्पत्ति लिलाम गर्दै प्रभु बैंक

काठमाडौं। व्यवसायी रुप ज्योतिले ऋण नतिरेपछि प्रभु बैंकले धितोमा राखेको सम्पत्ति लिलामीको प्रक्रिया अघि बढाएको छ। साविकको सेञ्चुरी कमर्सियल बैंक (हाल प्रभु बैंकमा समाहित) बाट लिएको ऋण नतिरपछि...
nrb2
बैंकिङ

बैंकहरूले यसपटक पनि पाउलान् कार्भ–आउट सुविधा?

कार्भ–आउटको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको प्रोभिजन, नाफा र लाभांश वितरणमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको निर्णयलाई बैंकिङ क्षेत्रले चासोका साथ हेरेको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना