प्युठान- नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मतदातासँग माफी मागेका छन्। सोमबार प्युठानमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले मतदातासँग माफी मागेका हुन्।
अघिल्लो निर्वाचनमा मतदातालाई फरक चिन्हमा मतदान गर्न लगाएकोमा थापाले माफी मागेका हुन्। ‘अघिल्लो निर्वाचनमा यहाँ पनि हामीले गिलास चिन्हमा मतदान गर्न लगायौं । म यहाँका मतदातासँग माफी माग्न चाहन्छु,’ महामन्त्री थापाले भने।
उनले अबको निर्वाचनमा यस्तो गल्ती नगर्ने उनको भनाइ छ। ‘हामीले अघिल्लोपटक गल्ती गर्यौं, अब यस्तो गल्ती दोहोर्याउँदैनौं,’ थापाले भने।
तर यसमा कार्यकर्ता पनि चनाखो हुनुपर्ने उनको भनाइ छ। ‘तर, यसका लागि ताली बजाएर मात्रै हुँदैन,’ महामन्त्री थापाले भने, ‘हामीलाई ८/१० हजार मत पुग्दैन, त्यसका लागि तयारी गरौँ।’
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानमा रहेका राम्रा व्यवस्थालाई नचलाई संशोधन गरिने बताए।
कांग्रेसको नेतृत्वमा बनेको संविधानमा केही अत्यन्त राम्रा र दुर्लभ पक्ष रहेको बताए। संविधानमा रहेका जिल्ला समन्वय समितिको व्यवस्था, सांसदहरूको संख्या, मन्त्रीहरूको संख्या घटाउन सकिने धारणा व्यक्त गरे।


