२०८३ कार्तिक १७ गते सोमबार

यो सरकार आफ्नै बोझले ढल्छ, हामीलाई कुनै ‘टेन्सन’ छैन : प्रचण्ड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १४
prachanda (2)

विराटनगर – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र एमालेलाई माओवादीले नै ठूला दल बनाएको दाबी गरेका छन्। विराटनगरमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले कांग्रेस-एमाले आफैं ठूला नभएका बताए।

‘कांग्रेस र एमालेलाई पछिल्लो समय ठूलो पार्टी बनाउन सहयोग गरेको माओवादीले हो। देशको आवश्यकता अनुसार समझदारीबाट जाऔं भन्ने जिम्मेवारी बोधका कारणले हामीले उनीहरूलाई ठूलो बनाएको हो। उनीहरू आफैं ठूलो भएका होइनन्, जब हामीले छौड्यौं उनीहरू ठूलो हुन पनि छोडे।’

पछिल्लो समय भएको उपचुनावको उदाहरण दिँदै माओवादीले साथ छोडेपछि कांग्रेस-एमाले खस्किँदै गएको उनले दाबी पनि गरे।

अहिले गठन भएको सरकारलाई अप्राकृतिक बताएका प्रचण्डले यो सरकार आफ्नै बोझले ढल्ने दाबी पनि गरे। ‘उनीहरू ०८४ सम्म बसे पनि हामीलाई कुनै टेन्सन छैन। हामी जनताको बिचमा जान्छौँ। हाम्रो वर्गतिर, हाम्रो मुद्दा, सहिद परिवार, बेपत्ता परिवारतिर फर्किएका छौँ,’ उनले भने, ‘त्यसले एउटा ऊर्जा पैदा भएको छ। त्यसकारण हामी सरकार अहिले ढाल्ने र बनाउने खेलमा चाहिँ बिल्कुलै छैनौँ।’

पूर्वराजालाई आफूले कुनै महत्त्व नदिएको पनि उनले पत्रकारहरूसँग बताए। ‘मानिसहरूले प्रतिक्रिया दिइरहेका छन्। किनभने इतिहासबाट हामी धेरै अगाडि बढिसक्यौँ। जनताको चेतना, आन्दोलन र परिस्थिति पनि धेरै अगाडि बढिसकेको छ। कसैले उनलाई बोल्न लगाएका होलान्,’ उनले भने, ‘जसले नजिक बसेर केही पाउला भन्ने हिसाबले केही बोल्न लगाएका होलान्।’

यो देशमा फेरि राजतन्त्र फर्किने कुरा असम्भव भएको पनि उनले बताए।

पत्रकारले फरक प्रसंगमा सोधेको प्रश्नमा उनले बालेन नै कार्यकारी राष्ट्रपतिका रूपमा आए पनि फरक नपर्ने बताए। उनले भने, ‘के बिग्रन्छ र ? मैले त उनीहरूलाई लोकतन्त्रको फूल भनेको छु। त्यसबाट म दायाँबायाँ पनि छैन। उनीहरूलाई त म आफ्नै मान्छे ठान्छु।’

गत उपचुनावमा कोशीका ८ पदका लागि भएको चुनावमा एक्लै लड्दा पनि माओवादी पहिलो दल भएको बताउँदै उनले माओवादीले साथ छोड्दा कांग्रेस एमाले सानो हुँदै गएको बताए। उनले पत्रकारलाई प्रश्न गर्दै भने, ‘उपचुनाव त यहाँ धेरै ठाउँमा भएको थियो। ग्रामथानमात्रै त होइन। ८ ठाउँमा चुनाव भयो हामी एक नम्बर पार्टी भयौं। कसरी भयौं रु अघिल्लो रेकर्ड हेरेर हुन्छ रु’

पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सुशासनको अभियान चलाउँदा भ्रष्टाचारीहरूले आफ्नो सरकार ढलाएको बताए। त्यही भ्रष्टाचारविरुद्धको अभियानलाई अहिले जनतामाझ लिएर गएको उनको भनाइ छ।

अहिले आफूहरू विशेष अभियानअन्तर्गत हुलाकी राजमार्गकेन्द्रित पूर्वपश्चिम तराई–मधेस जागरण अभियानमा रहेको र क्रमशः कञ्चनपुरसम्म पुग्ने उनले बताए।

प्रकाशित: २०८१ फाल्गुण १४ गते बुधबार ०१:२०
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना