काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनलले मोबाइल बैंकिङ एपमा नयाँ सुविधा थप गरेको छ। मोबाइल एपमा बैंकले प्रिभिलेज बैंकिङलगायत उपयोगी सेवा थप गरेको जानकारी दिएको हो।
यस अघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरहरु मार्फत प्रिभिलेज बैंकिङ सेवा प्रदान गर्दै आइरहेको थियो तर अब मोबाइल एपमार्फत नै प्रिभिलेज सेवाहरु प्रदान गर्ने बैंकको भनाइ छ। बैंकका अनुसार अब एपमार्फत् नै ग्राहकहरुले तोकिएका सम्पर्क अधिकृतमार्फत बिना झन्झट बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्।
यस्तै एपमा ‘फोन पे’ र ‘नेपाल पे’को क्युआर कोड स्क्यान गर्ने सुविधा पनि थप गरेको छ। ग्राहक एपबाटै चेक रोक्का राख्नेलगायतका सुविधा पनि प्राप्त गर्न सक्ने बताएको छ।
बैंकले १८२ शाखा, ३ विस्तारित काउन्टर, १३९ एटीएम, ६ कियोस्क सेवा र ९७ शाखारहित बैंकिङ इकाई करिब १५ लाख ६५ हजार ग्राहकलाई सुविधा प्रदान गर्दै आएको दाबी गरेको छ।


