काठमाडौँ- पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ। महाशिवरात्रीको अवसरमा पशुपतिनाथ क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा उनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंँका एसपी अपिलराज बोहराले जानकारी दिए।
आरोपीहरुलाई प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ। सिक्री लुट्न खोज्ने र गाँजा खाएर होहल्ला गर्नेलाई नियन्त्रणमा लिइएको एसपी बोहराले बताए। पक्राउ पर्नेहरु सबै पुरुष हुन्।
स्क्रिनिङ गरेर गलत काममा संलग्नहरुलाई मुद्दा चलाइने एसपी बोहराले जानकारी दिए। पशुपतिनाथ मन्दिर क्षेत्रमा बोहराको कमाण्डमा ४ हजार २ सय प्रहरी परिचालन गरिएको छ।
