२०८३ कार्तिक २६ गते बुधबार

प्रेमिका, जीवनसंगिनी र छोरीका नजरमा कस्ता थिए भूपि?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १६
Bhupi_Session (2)

पोखरा- ‘हामी काठमाडौंमा बसोबास गर्ने, भेट पहिलोपटक हस्पिटलमा भएको हो।’ पोखरामा आयोजित एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा सुरुआति चरणमै कवि भूपि शेरचनकी जीवनसंगीनी कान्ति शेरचनले भनिन्, ‘यसरी भेटघाट मात्रै हाम्रो करिब ४÷५ वर्ष जति भयो होला।’

पोखरामा फागुन १५ गतेबाट सुरुआत भएको फेस्टिभलमा साहित्यमा रुचि राख्नेको जभघट छ। यही क्रममा ‘स्मृतिमा भूपि’ सेसन अन्तरगत भूपि पत्नी कान्ति तथा छोरी कविता वक्ताका रुपमा उपस्थित थिए भने सहजकर्ताका रुपमा बसन्त थापा। कार्यक्रम उद्घाटन भइसकेपछिको दोस्रो सेसनका क्रममा उनीहरुले आफ्नो भनाई व्यक्त गरे। सहजकर्ता थापाले भूपि र कान्तिको प्रेम, विवाह र उमेरको फरकपनको विषयमा प्रश्न राख्दै गर्दा कान्तिले भनिन्, ‘अरुको २०/२५ वर्ष हुन्थ्यो होला, तर हाम्रो त जम्मा १२ वर्षको फरक मात्रै हो।’

भूपि थकालीको छोरो, कान्ति राणाकी छोरी। उनीहरुको जात धर्म केही मिल्दैनथ्यो। अन्तरजातीय विवाहलाई सफल बनाएर समाजसंगै अगाडि बढ्नु त्यो बेला दाँतेढुंगा पचाउनु सरह थियो। त्यस माथि भूपि पहिलेदेखि विवाहित थिए। त्यो बेला अन्तरजातीय विवाह गर्नु कसैको लागि सहज थिएन। धेरै समयसम्म उनीहरुको विवाहलाई कान्तिको परिवारले स्वीकार गर्न सकेन।

‘हाम्रो सम्बन्धलाई प्रेमपछिको विवाह भने पनि हुन्छ, धेरै समय हामीलाई मेरो परिवारबाट स्वीकार भएन,’ कान्ति भन्छिन्, ‘छोरी कविताको जन्म भएपछि भने सबै पक्षबाट हाम्रो सम्बन्धलाई स्वीकार गरियो।’ भूपिको पहिले नै विवाहित भएको विषयमा कान्तिलाई राम्ररी जानकारी थियो। उनलाई लाग्छ- त्यसरी स्वीकार गर्न सक्नु पनि सायद मायाप्रेम पो थियो कि!

यता भूपिकी छोरीको अनुभव बेग्लै छ। साहित्यकारका रुपमा भन्दा उनले उत्कृष्ट बुवाका रुपमा भूपिलाई कविताले चिन्ने मौका पाइन्। सुरुआतको समयमा कवितालाई बुवा भूपिको ख्यातिबाट त्यति खुसी मिल्थेन। बुवालाई भेट्न किन यति धेरै जना आउँछन् भन्ने लाग्थ्यो। ‘पछि बुझ्दै गएँ, अहिले त आफूलाई भूपिको छोरी हुँ भनेर चिनाउन पाउँदा गर्व लाग्छ,’ हर्षित मुद्रामा उनले भनिन्।

कहिलेकाहीं भूपिलाई राजाको समर्थकका रुपमा समेत अर्थ्याइने गरेको छ। यसमा कविताको गुनासो छ। छोरीको रुपमा कविताले भूपिलाई जुन रुपमा बुझिन् सायद अरुले बुझ्न सकेनन्। समर्थक पनि कसलाई र कस्तो विचारका व्यक्तिलाई गर्ने भन्ने लाग्छ उनलाई।

‘उहाँ राजा भन्दैमा सबै राजाको समर्थक हुनु भएन, वीरन्द्रको मात्रै हो, वीरेन्द्रको विचारबाट प्रभावित हुनुभयो,’ उनी भन्छिन्, ‘पञ्चायतको समर्थक भने कहिले हुनुभएन, यसमा सायद भ्रम पर्‍यो कि?’

साहित्य बजार वा भूपिको विषयमा परिचर्चा चलिरहँदा उनको मदिरा पिउने बानीको खुबै चर्चा हुने गर्छ। मदिरासंग भूपिको लगनगाँठो कसिएको थियो, भन्ने खुब चर्चा चल्छ नि भन्ने बसन्त थापाको प्रश्नको जवाफ दिँदै कविताले भनिन्, ‘यो हल्ला गलत थियो, पहिले पिउनुहुन्थ्यो होला, तर मेरो जन्म भएसकेपछि भने पिउने बानी धेरै हदसम्म गलत हल्ला थियो, पहिले पिउनुहुन्थ्यो होला, तर मेरो जन्म भएसकेपछि भने पिउने बानी धेरै हदसम्म छुटिसकेको थियो रे।’

हरेक मान्छेको आ–आफ्नै कमीकमजारी हुन्छन्, कवितालाई लाग्छ, सायद भूपिको पनि थियो। भूपि आफूबाट गल्ती भएमा सन्तानसंग आएर माफी माग्दै संगै रुन्थे। छोरा र छोरीबीच कहिले भिन्नता गरेनन्। ‘कमीकमजोरीका बाबजुद उहाँ हाम्रो लागि उत्कृष्ट अभिभावक हुनुहुन्थ्यो,’ उनले भनिन्।

कविता आफैले बुवा भूपि शेरचनलाई समर्पित गर्दै किताब समेत प्रकाशित गरेकी छिन्। पहिले उनलाई बुवा जस्तो व्यक्तिको विषयमा लेख्न सक्दिन। साथीले उनलाई बुवा भूपिको विषयमा लेख्न हौस्याइरहन्थे। तर म सक्दिन भन्दै टारिरहन्थिन् कविता। पछि भने आफूले आफूलाई हिम्मत दिएर किताब प्रकाशित गरेकी छिन्।

‘मेरो जोसंग राम्रो चिनारी थियो, उहाँहरुसंगको अनुभवलाई समेटेर किताब लेखेको हुँ,’ उनी भन्छिन्।

प्रकाशित: २०८१ फाल्गुण १६ गते शुक्रबार ११:५४
प्रतिक्रिया

थप समाचार

नेपालमा ‘रामायण’ को आक्रामक सुरुआत, पहिलो दिनकै कमाइ २ करोड बढी कमाइ

फिल्मलाई पहिलो दिन बिहीबार मात्र नेपालमा ५० हजार बढी दर्शकले हेरेका छन्।

६०० बढी स्रष्टामा सर्वाधिक रोयल्टी पाउने कस्तुप पन्त, दोस्रो राजनराज र तेस्रोमा दुर्गेश थापा

काठमाडौँ: गायक, गीतकार तथा संगीतकार कस्तुप पन्त यस वर्ष नेपाली संगीत क्षेत्रबाट सर्वाधिक रोयल्टी प्राप्त गर्ने स्रष्टा बनेका छन्। संगीत रोयल्टी संकलन समाज नेपालले तिहार तथा छठ पर्वको अवसरमा...

दशैँमा किन चलेनन् नेपाली फिल्म? सिक्वेलले पनि तानेनन् दर्शक

दशैँको बिदा र चर्चित फिल्मका सिक्वेलले समेत दर्शकलाई हलसम्म किन तान्न सकेनन्?

कबड्डी ५ ले ९ दिनमा कमायो १० करोड बढी

काठमाडौँ: गत कात्तिक ६ गतेदेखि प्रदर्शनरत फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले घरेलुबजारमा दर्शकको राम्रो साथ पाएको छ। दसैँमा प्रदर्शन भएका फिल्मको व्यापार कमजोर देखिँदा टीकाको भोलिपल्टदेखि...

इतिहास बनाएको मलयालम फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’अब डिगोमा

काठमाडौँ: एक फिल्मले मलयालम फिल्म क्षेत्रमा नयाँ इतिहास रचेको छ। २५ करोड भारतीय रुपैयाँको बजेटमा निर्माण भएको रोमान्टिक कमेडी फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’ले विश्वभरबाट करिब ३ सय ३० करोड...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
foto
कर्पोरेट

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना