काठमाडौँ- काठमाडौँ उपत्यकासहित देशभर हल्का वर्षादेखि हिमपातसमेत भएको भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणयतादेखि आंशिक बदली भइरहेको छ।
बाँकी भूभागमा मौसम आंशिकदेखि साधरणतया बदली रहेको छ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
काठमाडौँ उपत्यकामा बाहिना हल्का पानी पर्नुका साथै मौसम धुम्म भएको छ।
मौसम उपयुक्त नबन्दा परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान खराब मौसमका कारण काठमाडौं ओर्लन नसकेपछि कोलकाता डाइभर्ट भएको छ ।
कतार एयरलाइन्समार्फत् दोहाबाट आइरहेको जहाज कोलकाता ल्यान्ड भएको हो।
अरु पनि केही विमान डाइभर्ट भएका थिए। तर अहिले भने विमानस्थल चल्न थालिसकेको छ।











