काठमाडौँ- प्रभु बैंक लिमिटेडले दार्चुलामा आइतबारदेखि ३१२औँ शाखा सञ्चालनमा ल्याएको छ। दार्चुलाको महाकाली नगरपालिका–४ स्थित खलंगामा दार्चुला शाखा सञ्चालनमा ल्याएसँगै बैंकको उपस्थिति ७७ वटै जिल्लामा पुगेको हो।
बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज बैंकिङ सेवा विस्तार गरिरहेको छ।
प्रभु बैंकको यो अभियानले देशैभरि बैंकिङ पहुँचमा वृद्धि मात्र नभई समग्र देशको आर्थिक विकासमा सकरात्मक टेवा पुगेको बैंकको भनाइ छ।
बैंकको दार्चुला शाखा कार्यालय सञ्चालनमा आएपछि स्थानीयवासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण टेवा पुग्ने बैंकको विश्वास छ।


