काठमाडौं – त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।
चैत ५ गते हुने स्ववियु निर्वाचनको कार्यतालिका आजदेखि सुरु भएको हो। आज संघ र संगठन र समूह दर्ताको कार्यक्रम राखिएको छ।
निर्वाचन हुने क्याम्पसहरूमा दर्ता गरिनेछन् । त्यसका लागि संघ संगठन समूहको लेटरप्याडमा निवेदन पेस गर्नु पर्नेछ । आधिकारिक २ जनाको नमुना हस्ताक्षर सहित आफ्नो संघ संगठनको समिति र कमिटीको नामावली उल्लेख गर्नुपर्नेछ ।
आधिकारिक हस्ताक्षर प्रयोग गर्ने दुइ विद्यार्थीको परिचय पत्र पेस गर्नु पर्नेछ । त्यस्तै संघ र संगठन र समूहको केन्द्रीय समिति भए केन्द्रीय अध्यक्ष र सभापति र संयोजक र प्रमुखको पत्र सहित नाम र फोन नम्बरसमेत अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
समूह दर्ता गर्ने भएमा संयोजक सहित ११ जनाको नाम र विद्यार्थी परिचयपत्रको प्रतिलिपि अनिवार्य बुझाउनुपर्नेछ ।
