राजविराज – सप्तरीको सप्तकोसी नगरपलिका–१ फतेपुरको खोरिया टोलमा सोमबार बिहान बाघ पसेको बाघले तीन जनालाई घाइते बनाएको छ।
बाघको आक्रमणवाट गणेश खत्री, कृष्ण विष्ट र रिजाना गोसाई घाइते भएका प्रहरीले जनाएको छ । बिहानै बाघ बस्तीमा पसेपछि अहिले उक्त क्षेत्रमा स्थानीयवासीको भागाभाग भएको छ ।
कोसी टप्पु वन्यजन्तु आरक्षबाट बाघ आएको हुनसक्ने अनुमान गरिएको छ । पछिल्लो केही समयदेखि उक्त बाघ एउटा फर्निचर उद्योगमा बसिरहेको छ ।
बाघलाई खेद्न प्रहरी चौकी फत्तेपुरका प्रहरीहरू परिचालित छन् । कोसी टप्पु वन्यजन्तु आरक्षबाट सवन्मय गरी बाघलाई बस्तीबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
