काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘केपी शर्मा ओलीः सपना, संघर्ष र संकल्प’ पुस्तकको लोकार्पण गरेकी छन्। पत्रकार गणेश पाण्डेले सम्पादन गरेको पुस्तकमा केपी शर्मा ओलीका विषयमा विभिन्न व्यक्तित्वका आलेख समावेश छन्।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेको अनेक संघर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेको नेतृत्वदायी पहललाई समेटेर पुस्तक तयार गरिएको हो।
पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद्, सामाजिक व्यक्तित्वहरूका लेख–रचनासमेत समावेश गरिएको छ।
पुस्तक अल्केमी प्रकाशनले गरेको हो। कार्यक्रममा प्रधानमन्त्री ओली, एमालेका महासचिव शंकर पोखरेललगायत सहभागी थिए।


