काठमाडौँ – थापाथली चोकबाट नर्भिक हस्पिटल जाने सडकमा मंगलबार बिहान मेलम्चीको पाइपलाइन फुटेको छ ।
पाइपलाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किएको छ ।
यस्तै सडकपेटीमा समेत क्षति पुगेको देखिन्छ भने सडकभरि हिलो, बालुवा र गिट्टी छरिएका छन् । पाइपलाइन फुट्नुको कारण भने हालसम्म खुलेको छैन ।
केही दिनअघि पनि बबरमहल क्षेत्रमा मेलम्चीको पाइप फुट्दा बाढीझैँ पानी बगेको थियो।
