काठमाडौँ – संघीय संसद्का दुई समितिको बैठक मंगलबार बस्ने भएको छ।
प्रतिनिधिसभाका एक र राष्ट्रिय सभाका एक समितिको बैठक बस्न लागेको हो।
अर्थ समितिको बैठक बिहान ११ बजे अर्थ समितिको बैठक बस्नेछ। बैठकमा भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकउपर दफावार छलफल हुनेछ।
यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालयका पदाधिकारीसँग छलफल गर्ने कार्यसूची छ।
बैठक दिउँसो १ बजे बस्नेछ।


