काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहानामा न्यूनतम्भन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाए कारबाही गर्ने चेतावनी दिएका छन्। नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले आयोजना गरेको नेपाली ट्रेड युनियन आन्दोलनको ७८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चेतावनी दिएका हुन्।
नर्सहरुले पनि न्यूनतम तलव नपाएको भन्ने कुरा सुनिएको उल्लेख गर्दै कुनै पनि बहानामा न्यूनतम तलब नदिए कारबाही गर्ने उल्लेख गरे।
श्रमिकको मन प्रशन्न नभई उद्योग–व्यवसायका काम सहज रुपमा अघि बढ्न नसक्ने उनको भनाइ थियो।
‘व्यवस्था परिवर्तनको आन्दोलनका क्रममा हाम्रा साथीहरु मारिएका थिए् तर हाम्रा उद्देश्यहरु मारिएका थिएनन्। हामीहरु जेल गएका थियौँ तर हाम्रा उद्देश्यहरु जेल गएका थिएनन्’, नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भने, ‘अब हामी परिवर्तनको मर्म अनुसार अघि बढ्नुपर्छ। हामीले अन्तर्राष्ट्रिय मान्यताअनुसार संवादका माध्यमबाट सरकार, रोजगारदाता र श्रमिकलाई विन विन अवस्थामा ल्याउन सक्नुपर्छ। सरकारले तटस्थ बसेर निष्पक्ष निष्कर्ष निकाल्नुपर्छ।’
