भक्तपुर- शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि ५ हजार २८४ जना उम्मेदवारलाई स्थायी नियुक्तिका लागि सिफारिस गरेको छ।
फागुन १९ गते बसेको आयोग बैठकले यस्तो निर्णय गरिएको जानकारी दिएको हो। ७५ जिल्लाका लागि उम्मेदवारहरूको चयन गरेको हो।
उम्मेदवारहरूलाई शिक्षा ऐन (संशोधन सहित) २०२८ को दफा ११ ख को उपदफा (१) र शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ४ र २४ बमोजिम स्थायी नियुक्तिका लागि सिफारिस गरिएको हो।
सिफारिस गरिएका उम्मेदवारहरूको विवरण र अन्य सङ्ख्यात्मक तथ्याङ्क शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई पठाइएको छ।


