काठमाडौँ- नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा नारायणमान बिजुक्छे सर्वसम्मत भएका छन्।
मंगलबार सम्पन्न ८औँ राष्ट्रिय महाधिवेशनले उनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।
८४ वर्षका बिजुच्छेँ २०३१ सालयता निरन्तर अध्यक्ष छन्।
सचिवमा प्रेम सुवाल चयन भएका छन्।
महाधिवेशनले २९ सदस्यीय कार्यसमिति चयन गरेको छ।
