काठमाडौँ- नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई शून्य अंक दिनुको कारण माग गरेको छ।
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले घिसिङ घिसिङलाई शून्य अंक दिने सरकारको कार्यशैली ठिक नभएको टिप्पणी गरेका हुन्।
उनले बारम्बार कुलमानलाई सरकारले स्पष्टीकरणमाथि स्पष्टिकरण सोधेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ। किन सोधिएको हो भनेर सरकारको जवाफ माग गरेको छ।
‘कुलमान घिसिङलाई निरन्तर स्पष्टीकरण सोध्ने र कार्यसम्पादनमा शून्य अङ्क दिने कुरा के हो ?’, पाण्डेको प्रश्न थियो, ‘जसले राम्रो काम गरेको छ। विद्युत् प्राधिकरणलाई नाफामा लगिरहेको छ। यो कुरा के हो?’
बैठकमा विभिन्न पाँच अध्यादेश निर्णयार्थ पेस हुने कार्यसूची छ। सरकारले माघ १८ गते पेस गरेको ६ मध्ये पाँच अध्यादेश आज निर्णयार्थ पेस गर्न लागिएको हो। पेस भएकामध्ये भूमि अध्यादेश भने थाती राखेर अन्य अध्यादेश पेस गर्न लागिएको हो।
