काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गाउँ रित्तिनुको कारण माओवादी भएको आरोप लगाएका छन्। माओवादीले जनयुद्ध गरेको र त्यसको असरले अहिले गाउँ रित्तिइरहेको उनको भनाइ छ।
माओवादीको जनयुद्ध कम्युनिस्ट आन्दोलनलाई बदनाम गर्ने आत्मघाती बाटो मात्र सावित भएको उनको भनाइ छ। २६औं यदु स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले जनयुद्ध कहिल्यै पनि देशको हितमा नरहेको बताए।
‘बुलेटबाट नभई ब्यालेटबाट राजतन्त्रको अन्त्य भएको हो,’ उनको भनाइ थियो।
नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन गर्न नभई समाजमा देखिएको अराजक गतिविधिलाई नियन्त्रण गर्नका लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याएको दाबी गरे।
