रुपन्देही- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ प्रमुख अतिथि भएको कार्यक्रममा नै विद्युत् कटौती भएको छ। प्राधिकरणको कार्यक्रममै विद्युत् कटौती भएको हो।
बुटवलमा नेपाल विद्यत् प्राधिकरण लुम्बिनी प्रदेशले आयोजना गरेको सम्मान कार्यक्रममा प्रमुख अतिथि घिसिङ थिए। दिउँसो ३ बजे सम्मानित हुनेहरूका लागि बोलाइएका थियो। विभिन्न जिल्लाबाट पालिका प्रमुख पनि आएका थिए। तर निर्धारित कार्यक्रमभन्दा करिब डेढ घन्टापछि घिसिङ पुगेका थिए।
बुटवल प्राधिकारणका प्रशासन प्रमुख भोजराज पोखरेलले कार्यक्रम संचालन गरेका थिए। प्रदेश कार्यालयका प्रमुख हरिप्रसाद पाण्डेले कार्यक्रमको अध्यक्षता गरेका थिए। कार्यक्रमको स्वरूप बिग्रिएको भन्दै घिसिङ झर्किरहेका पनि थिए।
जसैतसै कार्यक्रम चलिरहेकै थियो। तर बीचमा झ्याप्पै बत्ती गयो। फेरि लाइन आयो। अनि तितरबितर भएका सहभागी फेरि मञ्चतर्फ केन्द्रित भए।
कार्यालय प्रमुख पाण्डे तथा त्यहाँका कर्मचारीलाई तनावमा पारेका थिए।
