काठमाडौँ- जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको अगाडिको पांग्रा उड्ने क्रममा जनकपुरमै खसेको छ।
तर, विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण गर्न सफल भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले भने जनकपुरबाट काठमाडौं आएको विमानको पांग्रा नभएको विषयमा पार्किङमा पुगेपछि मात्र थाहा भएको बताए।
‘ल्यान्डिङ गेयरको नोटिफिकेसन ककपिटमा नआउने र कुनै इन्डिकेटरले सूचित नगरेकाले एउटा पांग्राले मात्रै भए पनि जहाज सकुशल अवतरण गर्यो,’ उनले भने, ‘यो जहाजलाई ग्राउन्डेड गरेर जाँच भइरहेको छ।’
जहाजमा ६२ जना यात्रु सवार थिए।
