कञ्चनपुर – बेलौरी नगरपालिका–३ का वडाध्यक्ष सीताराम रिजालको गए राति निधन भएको छ । फोक्सोसम्बन्धी समस्याबाट पीडित ७२ वर्षीय रिजालको आफ्नै निवासमा गएराति १२ बजेर ३० मिनेट जाँदा निधन भएको हो ।
आज दिउँसो १० बजेदेखि ११ बजेसम्म उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि वडा कार्यालयमा राखिने भएको छ । दिउँसो बेलौरीको भकुण्डास्थित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने रिजालका परिवारजनले जनाएको छ।
वडाध्यक्ष रिजालकी श्रीमती डिलकुमारीको २०७९ सालको स्थानीय तह निर्वाचनकै समयमा निधन भएको थियो ।
रिजालको निधनबाट नगरपालिकाले महत्त्वपूर्ण व्यक्ति गुमाएको नगर उपप्रमुख जोगराम चौधरीले बताए ।
