काठमाडौँ – सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जाने भएका छन्।
प्रदेश सभाको पाँचौँ अधिवेशनअन्तरगत १७ औँ बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै छन्।
ओलीले आइतबार मध्याह्न १ बजे सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए।
यसअघि प्रदेश सभाको पहिलो कार्यकालमा नेकपाको सरकार भएका वेला पनि प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गरेका थिए।
