काठमाडौँ – अभिनेत्री मनिषा कोइरालाले पूर्वराजालाई स्वागत गर्न सबैलाई आग्रह गरेकी छन् ।
पोखराबाट पूर्वराजा ज्ञानेन्द्र काठमाडौँ आउन लागेका भन्दै उनले स्वागतमा सहभागी हुन सामाजिक सञ्जालमार्फत आग्रह गरेकी हुन्।
उनले लेखेकी छन्, ‘आदरणीय आमा बुवा दाजु भाइ तथा दिदी बहिनीहरूमा मेरो हार्दिक अनुरोध, आज पोखराबाट सरकारको काठमांंडु सवारी हुँदैछ, सरकारको भब्य स्वागत गरौं,’
यसैगरी राप्रपा सचेतक ज्ञानेन्द्र शाहीले त पूर्वराजाको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई विमानस्थल जान आग्रह नै गरेका छन्। उनले पनि फेसबुकमार्फत आग्रह गरेका हुन् ।


