काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन विमानस्थलमा स्वागतका लागि मानिसहरूको भीड लाग्ने देखिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।
पूर्वराजा शाह केहीबेरमा पोखराबाट काठमाडौँ आउँदै छन् । उनको स्वागतमा राजावादीको भीड हुने देखिएपछि विमानस्थलमा सुरक्षा व्यवस्था कडाइ पारिएको हो।
विमानस्थलमा टिकट लिएका यात्रु र त्यहाँका स्टाफबाहेक अरूलाई प्रवेश निषेध गरिएको विमानस्थल स्रोतले जनाएको छ।


