काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो बोल्ने समय आउन लागेको प्रतिक्रिया दिएका छन्। सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलास पुगेका लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘मेरो बोल्न समय आउँदैछ। म बोल्ने नै छु,’ सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै लामिछानेले थपे, ‘अब यो धेरै छैन। तपाईंहरूलाई थाहा छ त म बोल्ने नै मानिस हुँ। म तयारी गरिरहेको छु। अब थोरै मात्र प्रतीक्षा गरिदिनुहोला।’
लामिछाने पत्नी निकिता पौडेलसँगै अदालत परिसरमा पुगेका थिए। सहकारी ठगीको आरोपमा आफूविरुद्धको मुद्दामा उनी पुनरावेदनसम्बन्धी मुद्दाका लागि बुटवल इजलास पुगेका हुन्।


