बेलबारी (मोरङ)- पूर्वाञ्चल विश्वविद्यालयले ८ हजार विद्यार्थीलाई दीक्षित गर्ने भएको छ।
मंगलबार १३औँ दीक्षान्त समारोहमा ८ हजार १५० विद्यार्थी दीक्षित हुने भएका छन्।
विश्वविद्यालयका सूचना अधिकारी टेकप्रसाद अधिकारीले समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आउने जानकारी दिए।
सूचना अधिकारी अधिकारीका अनुसार कला सङ्कायतर्फ २०४, कानुनतर्फ ४९७ र शिक्षाशास्त्र सङ्कायतर्फ ९०६ जना विद्यार्थी दीक्षित हुने छन्।
यस्तै, व्यवस्थापन सङ्कायतर्फ दुई हजार २४९, चिकित्साशास्त्र सङ्कायतर्फ दुई हजार १९८, विज्ञान तथा प्रविधि सङ्कायतर्फ ६५४ तथा इन्जिनियरिङतर्फ एक हजार ४४२ विद्यार्थी दीक्षित हुने छन्।


