काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले संविधान बनेपछि धेरै कुरा गरिएको र धेरै कुरा गर्नबाट चुकिएको बताएका छन्।
मंगलबारको प्रतिनिधिसभामा विशेष समयमा बोल्दै उनले २०७० सालमा संविधान बनेपछि धेरै कुरा गर्नबाट सरकार चुकेको भएपनि धेरै कुरा भएको पनि बताएका हुन्।
तर केही पनि नभएको भनी बढाइँचढाइँ हुने गरेको उनको भनाइ थियो।
थापाले राम्रा भएका कुराको मैले गरेको नभएको कुराहरू सबै अन्य दलका कारण नभएको भन्ने भाष्य गलत रहेको जिकिर गरे।
आजसम्म भएका राम्रा पनि नराम्रा पनि सबैको जिम्मेवारी सबै दलहरूले लिनुपर्ने उनको भनाइ छ। उनले लोकतन्त्रप्रति आफ्नो दल नेपाली कांग्रेस प्रतिबद्ध रहेको पनि बताए।
