२०८३ कार्तिक २६ गते बुधबार

होलीमय

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण २९
Basantapur-Durbar-Square-Holi-Celebration
फाइल तस्बिर

महोत्तरी- महोत्तरीसहितका मिथिला क्षेत्रमा फागु खेल्न फागुन पूर्णिमा कुर्नु पर्दैन। माघ शुक्ल पञ्चमीदेखि नै रङ अबिर खुल्छ तर परिवेश नै होलीमय चाहिँ १५ दिने मिथिला मध्यमा परिक्रमा आठौँ दिन महोत्तरीको कञ्चनवन पुगेपछि सुरु हुन्छ।

त्यसयता दिनहुँ मिथिलामा होली समारोह हुन्छन्। दिनदिनै होली उत्सव। जता हेर्‍यो होलीको रौनक। होलीको रमाइलो जोडिएर नै फागुनलाई यहाँ गवैया (गायक) ले ‘मस्त महिना अरे फागुनका’ भन्ने गरेका पाका मैथिल बताउँछन्।

‘हिन्दू  मैथिल परम्परामा फागुन विवाहको बाक्लै लगन (लग्न) भएको महिना हुन्छ, रङअबिरमा रमाउन पाइने हुँदा धेरैजसो मैथिल फागुनकै बिहे रोज्छन्’, बर्दिबास–९ पशुपतिनगरका अगुवा सामाजिक ७० वर्षीय विसुनदेव महतो भन्छन्, ‘त्यसैले अधिकांश जोडी बाँधिनेहरू फागुन पर्खन्छन्।’

मधेसमा होली फागुन पूर्णिमाको भोलिपल्ट भनिए पनि मिथिला क्षेत्रका अनेकानेक परम्पराले यो पनि कहिलेकाहीँ तीन दिनसम्म चल्छ। पूर्णिमाका दिन फागु खेल्ने पर्वते परम्पराले मिश्रित बस्तीमा आजै होलीको धूम सुरु हुँदैछ।

महोत्तरीका बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरपालिकामा आज होली पर्वविशेषका कैयौँ मनोरञ्जनात्मक कार्यक्रमको तयारी छ। पर्वते र मधेसीमूलका बाहुल्य बस्तीमा आज होली धुमधाम साथ मनाउने तयारी छ।

‘होली लाग्यो, आज साथीहरूसँग मज्जाले खेल्ने र ‘मटकाफोर’ कार्यक्रममा सहभागी हुने योजना छ’, बर्दिबास–२ ॐशान्तिचोककी २० वर्षीया कृति महतो भन्छिन्, ‘बुरा नमानो होली है !’

पर्वते मूलका साथीसँगको रमाएपछि मधेसी बाहुल्य बस्तीमा भने पूर्णिमाको होली शुक्रबार धुमधामसँग हुनेछ।  यसैगरी, मिथिला माध्यमिकी परिक्रमाको १६औँ दिन बिहान जनकपुरधामको अन्तरगृह परिक्रमा घुमिने र सोको भोलिपल्ट परिक्रमा पथभित्र होली पर्व मनाउने परम्पराले पर्सि शनिबार पनि यहाँको होली छ।

मध्यमा परिक्रमाको १५औँ दिन आज यात्री अन्तिम बासका लागि जनकपुर जानेछन्। भोलि शुक्रबार अन्तरगृह परिक्रमा हुनेछ। तिथिको भोग घटबढ र परिक्रमा तालिकाले यस्तो पर्ने गरेको भङ्गाहा–९ कञ्चनवनका शिक्षक नागेन्द्र यादव बताउँछन्।

अन्तरगृह परिक्रमाका दिनसम्म सात्विक भोजन र ब्रह्मचर्यमा रहने व्रतले यहाँ होली परम्परा त्यसको भोलिपल्ट मनाइने चलन बसेको जलेश्वर–५ चौरियाका ७५ वर्षीय रहिमन मण्डलको कथन छ। होलीसँग जोडिएका फरकफरक परम्पराले यहाँ धेरैजसो तीन दिन होली पर्व पर्ने गरेको लोहारपट्टि–६ का ८० वर्षीय चन्देश्वर मण्डल बताउँछन्। आपसी घुलमिलले पर्वते र मधेसी मिसिएर पर्व मनाउँदा भावनात्मक एकताको सन्देश प्रवाह हुने हुँदा यसले सकारात्मक प्रभाव नै छाड्ने उनको ठम्याइ छ।

यद्यपि पर्वमा उच्छृङ्खलता प्रवेश हुन नदिन सचेतता अप्नाउन जरुरी रहेको भङ्गाहा नगरपालिका प्रमुख सञ्जीवकुमार साहको भनाइ छ। यसैबीच, होली पर्वलाई दृष्टिगत गरी मधेसका सबै जिल्लामा स्थानीय प्रशासनले पर्व मर्यादित र उल्लासपूर्वक मनाउन सार्वजनिक अपिल गरेका छन्।

प्रकाशित: २०८१ फाल्गुण २९ गते बिहिबार ०९:३२
प्रतिक्रिया

थप समाचार

उज्यालो चाँडको अँध्यारो विछोड: तिहारको रमझमबीच विदेशिनेको लर्को [फोटोफिचर]

बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँदछ लाखौँका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ ! पञ्यायतकालिन जनताका दु:ख समेटेर लेखिएको जेबी टुहुरेको यो गीत आज पनि उत्तिकै सान्दर्भिक छ। देशमा...

कृषि पढेका युवाले गरे ११ क्विन्टल फूल उत्पादन, चार लाखभन्दा बढी आम्दानी

बाँके: कृषिमा स्नातक पढ्दै गरेका तीन युवाले नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर तिहारका लागि ११ क्विन्टल फूल उत्पादन गरी बेचबिखन गरेका छन्। त्यसबाट उनीहरूले फूल बिक्री गरेर रु चार लाखभन्दा...

नवलपुरमा २०४ उद्योग थपिए

नवलपरासी: नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन्। यही कात्तिक १३ गतेसम्म जिल्लामा ९२ वटा नयाँ उद्योग तथा ११२ वटा नयाँ वाणिज्य...

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
foto
कर्पोरेट

सानिमा ग्रुपले सञ्चालन गरिरहेको तल्लो लिखु जलविद्युत आयोजना पाँचौं वर्षमा

काठमाडौं। सानिमा ग्रुपले निर्माण तथा सञ्चालन गरिरहेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले व्यावसायिक विद्युत उत्पादन सञ्चालनको चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ। आयोजना...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना