काठमाडौं – लगातर जित निकाल्दै नेपाल काभा महिला भलिबल च्यालेन्ज कपको सेमीफाइनलमा प्रवेश गरेपछि नेपाली टिमकी कप्तान अरुणा शाहीले खुसी व्यक्त गरेकी छन्। त्रिपरेश्वरस्थित राखेपको कभर्डहलमा बंगलादेशविरुद्ध ३–० को जित निकालेपछि उनले भनिन्, ‘सेमीफाइनलमा पुगेपछि हामी खुसी छौं। फाइनल नजिकै पुगिएको छ। त्यसले खुसी थपेको छ।’
आजको खेलअघि प्रशिक्षक जान डि ब्रान्टले नेपाली खेलाडीलाई खेलबारे सम्झाउँदै तीन कुराको घोषणा गरेका थिए। उनले भनेका थिए, ‘आज तीन कुरा हुनेछ। यो चेन्ज, चान्स र कन्ट्रोल(खेलाडी परिवर्तन, सबैलाई समान अवसर र सुरुबाटै एकतर्फी दबाब) को खेल हुनेछ।’
खेलपछि प्रशिक्षक ब्रान्टले खेल पनि आफूले भनेजस्तै भएके बताए। उनले भने, ‘आज त्यस्तै नै भयो। बंगलादेश टिम बलियो थिएन। हामीले सहजै जित्यौँ।’
उनले अगाडि भने, ‘यो मेरो जिवनकै सबैभन्दा सजिलो जित थियो।’ पहिलो खेलमा नै बंगलादेशले कमजोर प्रतिस्पर्धा गरेको कारण आज सबै खेलाडीले खेलमा अवसर पाएका थिए।
पहिलो सेटको सुरुआतमै ८–१ ले लिड गरेको नेपालले १६–६ हुँदै २५–१० को जित निकालेको हो। बंगलादेशलाई जोर अंक स्कारण नदिने योजना भने सफल भएको थिएन्।
‘आजको खेलमा सेटिङमा मलाई चिक्त बुझेको छैन। किनभने बल नेटमा पर्फेक्टली वारपार गर्नुपर्छ। तर त्यो भएन। कति धेरै त फ्रि बलहरु नै रहे। यस्तो हुनु हुँदैन,’ प्रशिक्षकले नेपाली टिमलाई सचेत गराएका छन्।
आजको खेलको दोस्रो सेटको सुरमा बंगलादेशले केही सुधार गर्यो। यद्यपी लिड गर्न भने सकेन्। यससँगै ६–५ ले अगाडी रहेको नेपालविरुद्ध बंगलादेशले ७–७ को बराबरी भने गरेको हो। त्यसपछी १५–८ ले अगाडि रहँदै नेपालले २५–८ को सहज जित निकाल्यो।
‘योजनाअनुसार आज हाम्रो टिमको अर्गनाइजेसन मिलेन। पहिलो सेटमा ९ अंकमै रोक्यो योजना सफल चाहीँ भएन। टिमको सबै फङ्सन राम्रो भएन,’ समग्र खेलबारे अरुणाले भनिन्। यद्यपी अन्तिम सेटमा पनि नेपालले सहज जित निकाल्यो।
तेस्रो सेटमा सुरुवाटै अगाडि बढेको नेपालले ९–३ को अग्रता बनायो। त्यसैगरी १२–५ को अग्रता बनाएर नेपालले १५–७ हुँदै २५–९ को जित निकालेको हो।
जितपछि प्रशिक्षक ब्रान्टले भने, ‘यो जितपछि हामी सेमीफाइनलमा पनि पुगेका छौं। अब भोलिको खेलमा हारजितले हामीलाई खासै असर गर्दैन। किनभने हिजो कीर्गिस्तानलाई हराएपछि नै मैले हामी सेमीफाइनल पुग्छौं भन्ने सोचिसकेका थिएँ। आज पुगियो।’
तर यो च्यालेन्ज कपमा भारत, काजकस्तान र उज्वेकिस्तान बलिया टिम भएको र तिनीहरुसँग नखेलेकोले धेरै उत्साही नहुने उनको विचार छ।
नेपाली टिमकी कप्तान अरुणा साही सेमीफाइनलमा पुगे पनि आगामी सबै खेलमा जित निकाल्नका खेल्ने बताउँछिन्। ‘हामी जित निकालेर नै अगाडि जानेमा केन्द्रित हुनेछौं। राम्रो गराउनको लागि ट्राई गर्नेछौं भन्ने लागेको छ।’


