काठमाडौँ- प्रभु बैंकले गण्डकी प्रदेशको बागलुङ्ग जिल्लाको बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसरमा र्याली आयोजना गरेको छ।
‘अनुसरण गर्नु अघि सोचौँ, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं। अरुका कुरा सुनौँ। तर आधिकारिक कुरा सुनि निर्णय गरौँ’ भन्ने नाराका साथ आयोजित र्यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरेको छ। र्यालीमा सहभागीहरुले वित्तीय साक्षरता सम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए।
कार्यक्रममा प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञान बहादुर क्षेत्रीले ग्लोबल मनी वीकको महत्व र वित्तीय साक्षरताको आवश्यकताबारे प्रकाश पारे।
उनले बालबालिका वृद्ध तथा युवापुस्तालाई बचत, लगानी र वित्तीय योजनाको महत्व बुझाउन यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए।


